Banner2222-2048x1100
  • Mar 06, 2024

नेपाली औषधि उद्योगले विदेशी उद्योगसँग प्रतिस्पर्धा गर्न सक्छन्

नेपाल औषधि अवस्था अहिलेसम्म राम्रै भन्नुपर्ने अवस्था छैन । आर्थिक मन्दीको अवस्था रहेको नेपाली औषधिको बजार खस्कँदो अवस्थामा रहेको छ । 

नेपालमा ९० अर्ब रुपियाँ बराबरको औषधीको बजार रहेको छ । त्यसमध्ये नेपाली औषधिको ३४ देखि ३५ अर्ब बराबरको बजार रहेको छ । समग्र औषधिको हिसाव गर्ने हो भने ५० प्रतिशत औषधिको हिस्सा नेपालमा नै उत्पादन भएका औषधिहरुको रहेको छ । हामी अहिले सरकारको सहयोग विना नै आफ्नै मिहनेतले नेपाली औषधि उद्योगलाई अगाडि बढाइरहेका छौँ । 

नेपाली औषधि उद्योगको मुलुकका लागि आवश्यक ७० देखि ८० प्रतिशत औषधि उत्पादन गर्ने क्षमता रहेको छ । तर उद्योगहरु पूर्ण क्षमतामा संचालनमा आउन सकेका छैन । अहिले ३० देखि ३५ प्रतिशत क्षमतामा मात्र संचालन रहेका छन् । 

सरकारले नेपाली औषधि उद्योगका लागि के गर्नुपर्यो ? 

नेपाली औषधि उद्योगमैत्री खालका कार्यक्रम सरकारले ल्याउनु पर्दछ । नीजि उद्योगले एक हदसम्म लगानी गरिरहेका छन् । अर्को कुरा बाहिरी मुलुकबाट औषधि नेपाल आइरहेका छन् । त्यसैगरी सरकारले बाहिर मुलुकमा पनि हामीलाई औषधि निर्यात गर्न सक्ने वातावरण बनाइदिनु पर्दछ । 

सरकारले सरकारी तवरबाट खरिद गर्ने औषधि स्वदेश उद्योगले उत्पादन गरेका औषधि खरिद गरिदियो भने हामीलाई उद्योग संचालन गर्न सहज हुने र मुलुकलाई चाहिने औषधि पनि उत्पादन गर्न सक्छौ । 

नेपाल फर्मा एक्स्पो किन आवश्यक पर्यो ? 

एक्स्पोको मुख्य उद्देश्य नेपाली औषधिलाई चिनाउने नै हो । नेपालमा करिव ८४ वटा औषधि उद्योग रहेका छन् । नेपाली उद्योगले गुणस्तर, असरदार र सस्तोमा औषधि उत्पादन गर्दछन भनेर सर्वसाधारणलाई जानकारी दिनका हामीले हरेक दुई–दुई बर्षमा एक्स्पो गर्न थालेका हौ । 

नेपालका औषधि भारत लगायत विदेशी औषधिको तुलनामा कतिको गुणस्तर र सस्तो छन् ? 

कुनै पनि नेपाली उद्योगले उत्पादन गरेको औषधि नराम्रा छैनन् । यहाँका औषधि विश्व स्वास्थ्य संगठनको जिएमपीमा नै रहेको छ । नेपाली उद्योग कुनै पनि विदेश उद्योगसंग प्रतिस्पर्धा गर्न योग्य छन् । 

यस्तै अहिले औषधिको बजारभाउ धेरै नै माथि पुगि सकेको छ । तर हामीले अझै पनि पुरानै मूल्यमा सस्तो दरमा औषधि उपलब्ध गराएका छौ २०६४ सालदेखि हामीले औषधिको मूल्य समायोजन गर्न पाएका छैनौ । हामीले मुलुकको अवस्था हेरेर अहिले सस्तो दरमा औषधि उपलब्ध गराएका छौ । यहाँका सर्वसाधारणको पर क्यापिटा इनकम हेरेर र भारतसाग दाँजेर नै हामीले सस्तोमा औषधि उपलब्ध गराएका हौ । 

भारतमा एक अर्ब ३० करोड मानिस रहेका छन् । भारतले त्यही अनुपातमा औषधि उत्पादन गर्दछ । तर पनि महंगोमा नै वेच्ने गर्दछ । हामी तीन करोड जनसंख्यालाई लक्षित गरेर औषधि उत्पादन गर्दछौ तर पनि हामी सस्तो र गुणस्तरिय औषधि उत्पादन गरिरहेका छौ । औषधि व्यवस्था विभागबाट हाम्रो बारम्बार अनुगमन हुन्छ । विभागको मापदण्ड विश्वस्तरिय रहेको छ । त्यसैले हामी गुणस्तरमा ध्यान दिन्छौ । हाम्रो औषधिका क्यालिटी विश्वका अन्य औषधिको तुलनामा नै रहेको छ । 

औषधि खाएपछि त्यो औषधिले काम गनुपर्दछ । त्यसैले हामीले गुणस्तरसंगै असरदार औषधि बनाएका छौ । नेपालका औषधि गुणस्तरिय, किन्ने सक्ने र अवसदार छन् । यी तिनैवटामा हामी रहेका छौ । 

उद्योगहरु किन बन्द भएका होलान ? 

हाम्रा आफ्नै पनि केही कमजोरी रहेका छन् । उद्योग बन्द हुनुमा विभिन्न अरु पनि आफ्नै कारण होलान् । तर मार्केट अहिले आर्थिक मन्दी रहेको छ । त्यसले गर्दा हामी प्रतिस्पर्धा गर्न सकेका छैनौ । कतिपय साथीहरु एकै किसिमका प्रडक्ट र नयाँ–नयाँ प्रविधि ल्याउन सकेका छैनौ । हामीले अरुले जे गर्यो त्यही गर्ने बानी रहेको छ । औषधि उद्योगमा पनि एकै खालका औषधि उत्पादनले पनि समस्या परेको छ । हामी अलि फरक ढंंगले उद्योगलाई लैजाने कोसिस गरिरहेका हुन्छौ तर केही कारण हुन सक्दैनौ । दोष हामी आफैमा छ अरुलाई दिनुहुँदैन । 

अनि अर्को कुरा सरकारले पनि हामी उद्योगीलाई संरक्षण गर्ने खालका नीति ल्याउनु पर्दछ । सरकारले खरिद गर्ने औषधि स्वदेशी उत्पादनका औषधि खरिद गरिदिने हो भने हामीलाई उद्योग बचाउन सजिलो हुन्छ । 

सरकारको सहयोग किन भइरहेको छैन ? 

सरकारले हामीलाई हेर्ने नजरमा परिवर्तन गरोस भनेर नै फर्मा एक्स्पो गर्न थालेका हौ । सरकारलाई हाम्रा कुरा सवै थाहा छैन । हामी आफैलाई पनि सवै थाहा छैन । विस्तारै बुझ्दै छौ । सरकार समक्ष हामीले हाम्रा कुरा पुर्याउन सकेनौ जस्तो लाग्छ । हामीले आफ्ना कुरा आफैले सरकार समक्ष राख्नुपर्यो । हो त्यही कुरा सरकारलाई पुर्याउनका लागि एक्स्पो गर्न थालेका हौ । 

नयाँ औषधि ऐन आइरहेको छ । नेपाली औषधि उद्योगका लागि के कुरा नयाँ ऐनमा राख्नुपर्दछ ? 

नयाँ बन्न थालेको औषधि ऐनमा धेरै राम्रा कुरा रहेका छन् । मूल्य समिति गठन गरेर औषधिको मूल्य समायोजन गरिने कुरा राखेको सुनेको छु । त्यो एकदम राम्रो हो । विगत १६ बर्षदेखि औषधिको मूल्य समायोजन हुन सकेको थिएन । पुरानो औषधि ऐनमा कुनै वाधा अडचन छ भनेर नयाँ बन्न थालेको औषधि ऐनमा फुकाउनुपर्दछ ।

नेपाली औषधि उद्योगले विदेशी उद्योगसँग प्रतिस्पर्धा गर्न सक्छन् : सुर्दशन खेगुली, एपोन महासचिव::Online News Portal from Nepal (farakpatra.com)